search

ऋषभ बने चार्टर्ड अकाउन्टेन्ट, भारतभरिमा ४७औं –याङ्क

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३१ असार/
निकै कठिन मानिएको चार्टर्ड एकाउन्टको परीक्षामा एकजना पर्सेली विद्यार्थी उत्तीर्ण भएका छन्। द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेटद्वारा गत मे महीनामा लिएको परीक्षामा भारतभरिमा ४७औं –याङ्क ल्याइ पर्सा, विन्ध्यवासिनीका ऋषभ गुप्ता उत्तीर्ण भएका छन्।
११२२३४ क्रम सङ्ख्या भएको ऋषभको रजिस्टे«शन नं एआरओ ०७०९६१५ हो। उनले ग्रुप १ मा २०७ र गु्रप २ मा २११ गरी कुल ४१८ नम्बर ल्याइ चार्टर्ड अकाउन्टेन्टको कठिन परीक्षा उत्तीर्ण गरेका हुन्। ५० –याङ्कभन्दा माथिका परीक्षार्थीले ५५ प्रतिशत वा सोभन्दा माथि अङ्क ल्याएको बुझिन्छ। चार्टर्ड अकाउन्टेन्टको परीक्षा कठिन भएकोले नेपाली विद्यार्थीहरू दिल्ली र नोएडामा दशौं वर्षदेखि अध्ययनका साथै काम गर्दै आएका छन् तर केही प्रयासमैं नाम निकाल्नेमध्येमा ऋषभ परेका छन्।
Facebook Comments Box

ताजा खबर

कोलकाताका एजेन्टहरूको भुक्तानी नेपाली व्यापारीले नदिएको आरोप

राधेश्याम पटेल वीरगंज, १० मंसिर । भारतको कोलकाता बन्दरगाहबाट नेपाली व्यापारीहरूको आयातीत वस्तु छुटाउने कार्यमा खटेका नेपाली एजेन्टहरूलाई यहाँका व्यापारीहरूले...

सम्बन्धित खबर

- Advertisement -neelambads