search

spot_img
spot_img

लेखापढीको परीक्षामा बारले अनावश्यक शुल्क लिएको आरोप

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३१ असार/ बारा जिल्लामा हुने लेखापढी व्यवसायी सङ्घको परीक्षामा बारा जिल्ला अदालत बार एशोसिएशनले अनावश्यक शुल्क लिएको गुनासो आएको छ।
बारा जिल्ला अदालतबाट जेठ ३२ गते जारी सूचनामा सो परीक्षाको दस्तुर रु १०० मात्र लिने भनिए तापनि बार एशोसिएशनले तालीम गराउने बहानामा दुई हजार ५१० शुल्क आवेदन कट्टाबाट असुल गरेको आरोप लगाइएको छ। बारा, फेटा गाउँपालिका–३ का रोशनकुमार तेलीले यस्तो आरोप लगाएका हुन्। जबसम्म बारको रसिद कटाइँदैन, तबसम्म परीक्षाको फाराम दिन नमिल्ने भनेर आफूलाई सो शुल्क तिर्न बाध्य बनाइएकोसमेत उनले बताए।
यस विषयमा बारा जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष एवं अधिवक्ता उमेश जयसवालले सो रकम आवेदनकर्ताहरूलाई परीक्षामा सम्मिलित गराउन तयारी गराएबापत तालीम आयोजना गर्न लिएको बताए। उनले तालीम आयोजना गर्न शुल्क तोकिएको स्पष्ट पारे। उनले अदालतको शुल्क तिरेर फाराम भर्नेलाई मात्रै अदालतबाट उपलब्ध फाराम वा निवेदन मात्र दिएर फाराम भर्ने व्यवस्था भएकोले बारको उक्त नियम सबैको लागि बाध्यकारी नभएको उनले स्पष्ट पारे।
साउन १९ गते हुने परीक्षाको लागि जेठ ५ गतेदेखि बारले शुल्क तिरेका आवेदनकर्तालाई एक हप्ते तालीम गराउने कार्यक्रम बनाएको छ। बारबाट ३५० जनाले रसिद कटाएर फाराम लिएको उनले बताए। यसरी आवेदनकर्ताबाट बारले आठ लाख १५ हजार सङ्कलन गरेको बुझिएको छ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

२०४७ को संविधान पुनरस्थापनाको विकल्प छैन– चन्द

रौतहट, १ भदौ । राष्ट्रिय नागरिक संघर्ष समितिका केन्द्रीय प्रवक्ता हिरा बहादुर चन्दले मुलुकलाई निकास दिन संविधान २०४७ पुनरस्थापना...

सम्बन्धित खबर

- Advertisement -neelambads