राधेश्याम पटेल, वीरगंज,५ जेठ ।
एक देशबाट अर्को देशमा समान आयात–निर्यात गर्न अन्तराष्ट्रिय स्तरमा हरेक देशले भन्सार डेटाबेस(भन्सार शिर्षक, उपशिर्षकहरु) को व्यवस्था कार्यान्वयनमा हुन्छ । अन्तराष्ट्रिय मापदण्डको डेटाबेसलाई छेडखानी गर्न पाइदैन ,तर नेपालमा केही रिफाइनरी उद्योगलाई पोस्ने गरी क्रुड पामोलिन तेलको भन्सार उपशिर्षक(एचएस कोड) परिवर्तन गर्ने चलखेल भइरहेको चर्चा छ । व्यवसायीहरुका अनुसार नेपाल उद्योगा वाणज्य महासं्रघका पूर्व दुई जना पदाधिकारीहरु नै यस कार्यमा संलगन रहेको आरोप छ ।
विगत ३० वर्षदेखि कच्चा पाम तेल भन्सार उपशिर्षक १५११.१०.०० शिर्षकमा आयात भइरहेको छ भने यसले औद्योगिक कच्चा पदार्थलाई समेट्छ । १५११.९०.०० अन्तर्गत आयात गरिने तेलहरु प्रशोधित,ब्लीच गरिएको वा गन्धरहित पाम तेललाई जनाउदछ । यसै सन्दर्भमा वल्र्ड कस्टम अर्गानाइजेशन(डब्लुसिओ) द्वारा प्रकशित एक्सप्लानेटरी नोट्स २०२२ ले समेत कच्चा पाद तेललाई १५११.१०.०० अन्तर्गत नै राखेको छ ।
तर केही उद्योगीहरुले सरकारी उच्च अधिकारीहरुलाई प्रभावमा पारी कच्चा पाम तेलाई १५११.९०.०० शर्षिकमा ल्याउन खोजिरहेको व्यवसायीहरुको भनाई छ । यसरी गर्दा एक पूर्व नेपाल र एक पश्चिम नेपालको गरी दुई उद्योगलाई फाइदा हुन्छ । बाँकी करिब २ दर्जन उद्योगहरु मर्कामा पर्ने भएकोले त्यसो नहुन दिन माग गरेका छन् । अगामि आर्थिक वर्ष २०८२/०८३ को लागि नेपाल सरकारले ल्याउने बजेट भाषण र आर्थिक ऐनमा भन्सार दरबन्दीको उपशिर्षक नम्बर पुर्नवर्गीकरण गर्दा अबौंको लगानी डुब्ने खतरा सृजना हुने देखिन्छ । वीरगंज स्थित ओसिबी फुड्स एण्ड फिड्सका सञ्चालक नारायण रुगंटाका अनुसार आफुले यस बारेमा गाईगुई सुनिरहेको तर वास्तविका कुरा बुझन नसकेको बताए । ।यदि यो चलखेल भयो भने कुल २६ उद्योग मध्ये २४ उद्योगलाई बन्द गरी अबौंको लगानी जोखिममा पर्ने खतरा बढछ ।
‘मैले पनि माथिल्लो निकायमा सम्पर्क स्थापित गर्ने काम गरिरहेको छु,केही प्रतिष्ठानबाट कुरा उठिरहेको छ,यदि कच्चा पाम तेलाई फिाइन्ड उपशिर्षकमा ल्याइयो भने कच्चा तेल आउँदैन नेपालका उद्योगहरु बन्द हुनेछन् ,’उनले भने,‘ यसमा नेपाल वनस्पति घ्यू तेल उद्योग संघले चासो राखेर पहलकदमी गर्नू पर्ने हो ।’ वास्तवमा व्यवसायिक वृतमा उठेको चर्चा वास्तविक हुन कि हल्ला थाहा गर्नू जरुरी छ, मै संघका पदाधिकारीहरुसंग कुरा गरी सत्य कुरा बताउने बताए ।
भारत सरकार अनत्र्गतको इक्सटरनल बोर्ड आफ इन्डाइरेक्ट टेक्सेस कस्टम(सिबीआईसी) ले पनि कच्चा पाम तेलाई एचएस कोड १५११.१०.०० अन्तर्गत वर्गीकरण् गरेको छ । प्रशोधित (आरबिडी) पाम तेललाई १५११.९०.०० उपशिर्षक अन्गर्तत खान योगइ तेलको रुपमा समावेश गरेको छ । नेपालमा पनि विगत तीन दशक देखि खाद्यय प्रयोजनका तेलका आयात तथा निर्यात सोही वर्गीकरण अनुरुपमा हुदै आएको व्यवसायीहरुको तर्क छ ।
खाद्य र अखाद्य वस्तुको पहिचान तथा वर्गीकरण गर्ने अधिकार खाद्य प्रविधि तथा गुण नियन्त्रण् विभागमा रहेको छ । सो अधिकारको प्रयोग गरी विभागले कच्चा पाम तेल मानी यसलाई भन्सार उपशिर्षक १५११.१०.०० अन्तर्गत आयात गर्न स्पष्ट व्यवस्था गरेको अवस्थामा यस्तो चलखेल हुनु कानुन विपरित र अन्तराष्ट्रिय व्यवपारको सिद्धान्त विपरितको काम भएकोले यसमा सबै सरकोकारवाला पक्ष गम्भीर बन्न आवश्यक रहेको वीरगंजका व्यवसायहिरुको भनाई छ । देशमा सञ्चालित कुल २६ वटा रिफाइनरी उद्योग मध्ये सबै भन्दा बढि अर्थात १४ वटा उद्योग वीरगंज–पथलैया औद्योगिक कोरिडोरमा रहेका छन् भने यदि अशंका गरिएको भन्सार दरबन्दीको उपशिर्षक(एचएस) कोड परिवर्तन भयो भने बढि घाटाको भागिदार यसै क्षेत्रका व्यवसायीहरु बन्नेछन् । यस विजयामा नेपाल वनस्पति घ्यू तेल उत्पादक संघका अध्यक्ष विकास दुगडसंग बुझन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । उनले म्यासेजद्वारा अस्वथताको कारण कुरा गर्न मानेनन् ।