पर्सा जिल्ला विशेषगरी वीरगंज महानगरपालिका नेपालको औद्योगिक र खेलकूद विकासको गौरवमय इतिहास बोकेको क्षेत्र हो। यहाँको चिनी मिल, कृषि औजार कारखाना र नारायणी रङ्गशालाजस्ता संरचनाहरूले कुनै बेला यो क्षेत्रलाई देशकै अग्रणी स्थान बनाएको थियो। तर, आज यी संरचनाहरू उपेक्षाको सिकार बनेका छन्। विशेष रूपमा नारायणी रङ्गशाला, जुन एक समय राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको केन्द्र थियो, जीर्ण र उपेक्षित अवस्थामा छ।
नारायणी रङ्गशाला केवल इँटा र सिमेन्टको ढाँचा होइन, यो हाम्रो पहिचान, गौरव र हजारौँ युवाहरूको सपनाको आधार हो। म, सुधीर पटेल, पर्सा निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभा सदस्यका प्रत्याशीको रूपमा, यो रङ्गशालालाई पुनर्जनन गरी पर्सालाई फेरि खेलकुदको केन्द्र बनाउने दृढ सÍल्प लिएर अगाडि बढिरहेको छु। यो लेखमा म खेलकुद क्षेत्रमा देखिएको उपेक्षा, सरकारको उदासीनता र यसको समाधानका लागि मेरो योजना प्रस्तुत गर्न चाहन्छु।
आर्थिक वर्ष २०८२र८३ को बजेटमा नारायणी रङ्गशालाको पुनर्निर्माण वा मर्मतका लागि कुनै प्रावधान नराखिनु पर्सावासीका लागि गहिरो निराशा र अपमानको विषय हो। पर्सा देशकै प्रमुख जिल्लामध्ये एक हो, जहाँबाट तीन जना मन्त्री सरकारमा छन्। यस्तो परिस्थितिमा रङ्गशालाजस्तो महत्त्वपूर्ण संरचनालाई बजेटमा समावेश नगर्नुले सरकार र स्थानीय नेतृत्वको गैर जिम्मेवारी प्रस्ट हुन्छ।
नारायणी रङ्गशाला केवल भौतिक संरचना होइनस यो पर्साको सांस्कृतिक र सामाजिक गौरवको प्रतीक हो। यहाँ दशकौँदेखि राष्ट्रिय स्तरका एथलेटिक्स, क्रिकेट र अन्य खेलकुद प्रतियोगिताहरू आयोजना हुँदै आएका छन्। थुप्रै खेलाडीहरूले यही रङ्गशालाबाट आफ्नो करिअरको शुरूवात गरेका छन्। यस्तो ऐतिहासिक संरचनालाई बेवास्ता गर्नु भनेको युवाहरूको सम्भावना र क्षेत्रीय गौरवमाथिको ठूलो अन्याय हो।
नारायणी रङ्गशालालाई बजेटमा समावेश नगर्नुको असर खेलकुद क्षेत्रमा बहुआयामिक रूपमा परिरहेको छ। पहिलो, स्थानीय खेलाडीहरूको मनोबल कमजोर भएको छ। रङ्गशालाको अभावमा उनीहरूको प्रेरणा र उत्साहमा कमी आउँदा उनीहरूको प्रदर्शनलाई प्रभावित गरेको छ। दोस्रो, रङ्गशालाको जीर्ण अवस्था र प्राविधिक कमजोरीले ठूला राष्ट्रिय वा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न असम्भव भएको छ। तेस्रो, स्थानीय कलेज, विद्यालय र खेलकुद क्लबहरूले अभ्यास र प्रतियोगिताका लागि रङ्गशाला प्रयोग गर्न नसक्दा खेलकुद गतिविधिहरू अवरूद्ध छन्। चौथो, हामीले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य राखेका छौं, तर उपयुक्त संरचनाको अभावमा यो सपना अधुरै रहने जोखिम छ।
नारायणी रङ्गशाला नेपालको खेलकुद इतिहासको अभिन्न हिस्सा हो। रङ्गशालाले दशकौँदेखि खेलकुदको गौरवमय विरासत बोकेको छ। तर, आज यसको जीर्ण अवस्थाले खेलकुद क्षेत्रमा दीर्घकालीन नकारात्मक असर पारिरहेको छ। रङ्गशालालाई बेवास्ता गर्नु केवल स्थानीय खेलाडीहरूको कुरा होइनस यो समग्र पर्सा र मधेस प्रदेशको खेलकुद सम्भावनासँग जोडिएको छ।
बजेट निर्माण प्रक्रिया केवल केन्द्रको कागजी औपचारिकता होइनस यो स्थानीय आवश्यकता र मागलाई सम्बोधन गर्ने अवसर हो। तर, यस पटक पर्साका जनप्रतिनिधि र मन्त्रीहरूले यो जिम्मेवारी पूरा गर्न पूर्ण रूपमा असफल भए। पर्साबाट तीन जना मन्त्री सरकारमा रहँदा पनि उनीहरूले स्थानीय आवाजलाई काठमाडौंसम्म पु–याउन सकेनन्। यो हाम्रो विश्वासमाथिको ठूलो आघात हो। मन्त्रीहरूले आफ्नो क्षेत्रको विकास र खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राख्नुपथ्र्याे, तर उनीहरूको उदासीनताले पर्सावासीको अपेक्षा टुटेको छ। बजेट निर्माणमा स्थानीय जनप्रतिनिधिको सक्रियता र समन्वय आवश्यक हुन्छ, तर यहाँ त्यसको पूर्ण अभाव देखिन्छ।
म केवल गुनासो गर्न वा आलोचना गर्न यहाँ उभिएको छैनस म समाधान लिएर आएको छु। नारायणी रङ्गशालाको पुनर्जननका लागि मसँग स्पष्ट रणनीति छ। पहिलो, हामी यो मुद्दालाई मिडियामार्फत व्यापक बनाउनेछौँ र जनस्तरमा हस्ताक्षर अभियान सञ्चालन गर्नेछौँ। युवाहरूलाई यो बुझाउनेछौँ कि बजेट केवल कागजी प्रक्रिया होइनस यो हाम्रा सपना र भविष्यसँग जोडिएको छ। यदि आवश्यक परे, हामी काठमाडौं पुगेर मन्त्रीहरू र सम्बन्धीत निकायसँग भेट गर्नेछौँ, ज्ञापन पत्र बुझाउनेछौँ र सार्वजनिक दबाब सिर्जना गर्नेछौँ। यो अभियान केवल नारायणी रङ्गशालासँग सम्बन्धीत छैनस यो देशभरका युवाहरूको खेलकुद र अवसरको अधिकारको सवाल हो।
प्रदेश सभा सदस्यमा निर्वाचित भएमा म “वीरगंज पूर्वाधार पुनर्जीवन कार्यदल” गठन गर्नेछु। यो कार्यदलले प्रदेश र संघीय सरकारसँग समन्वय गरी रङ्गशालाको पुनर्निर्माणका लागि बजेट सुनिश्चित गर्नेछ। साथै, निजी क्षेत्रको लगानी र सहकारी मोडेललाई खेलकुद विकासमा जोड्नेछौँ। मेरो दीर्घकालीन दृष्टिकोण नारायणी रङ्गशालालाई ‘मल्टिपर्पाेज स्पोट्र्स एरिना’ मा रूपान्तरण गर्ने हो। यो एरिना विभिन्न खेलकुद गतिविधिहरूलाई समेट्ने र क्षेत्रीय तथा राष्ट्रिय स्तरमा खेलकुदको केन्द्र बन्ने गरी डिजाइन गरिनेछ।
मलाई विश्वास छ कि जनदबाबले सरकारलाई पुनर्विचार गर्न बाध्य बनाउन सक्छ। बजेट पास हुनुअघि संशोधनको प्रक्रिया हुन्छ, र यदि हामीले पर्याप्त आवाज उठायौँ भने संसदमा हाम्रो मुद्दा उठ्न सक्छ। रङ्गशालाको पुनर्निर्माण केवल भौतिक निर्माणको कुरा होइनस यो सामाजिक न्याय, युवाहरूलाई अवसर र क्षेत्रीय गौरवको सवाल हो। हामीले यो मुद्दालाई निरन्तर उठाइरहनुपर्छ ताकि सरकारले हाम्रो आवाजलाई बेवास्ता गर्न नसकोस्।
मेरो अभियान युवाहरूको सहभागीतामा आधारित छ। म नारा होइन, साझा सÍल्प र सहकार्य खोजिरहेको छु। हजारौँ युवाहरू मेरो अभियानमा जोडिएका छन्, र उनीहरूको सुझावले हाम्रो योजना र घोषणापत्रलाई समृद्ध बनाउनेछ। वीरगंजको पुनर्जननका लागि हामी सबै मिलेर उठ्नुपर्छ। खेलकुद केवल मनोरञ्जनको माध्यम होइनस यो करिअर, राष्ट्र निर्माण र युवाहरूको सशक्तीकरणको आधार हो।
सरकारलाई मेरो स्पष्ट सन्देश छः स्थानीय आवाजको सम्मान गर्नुहोस्। यदि तपाईँ युवाहरूको भविष्यमा लगानी गर्न चाहनुहुन्छ भने, नारायणी रङ्गशालाजस्ता पूर्वाधारलाई प्राथमिकता दिनुहोस्। अन्यथा, युवाहरूले तपाईँको नीति र नेतृत्वमाथि प्रश्न उठाउन बाध्य हुनेछन्। हाम्रो भविष्यको सवालमा मौन बस्ने समय सकिएको छस अब हामी बोल्नेछौँ र आफ्नो अधिकारका लागि लड्नेछौँ।
नारायणी रङ्गशालाको पुनर्जनन मेरो अभियानको केन्द्रमा छ। यो केवल रङ्गशालाको पुनर्निर्माण होइनस यो पर्साको गौरव, युवाहरूको सम्भावना र हाम्रो साझा भविष्यको पुनर्जागरण हो। म केवल आलोचना गर्न होइन, समाधान लिएर आएको छु। जनसहभागीता, रणनीतिक दबाब र रचनात्मक योजनामार्फत हामी नारायणी रङ्गशालालाई पुनरजन्म गर्नेछौं र वीरगंजलाई फेरि खेलकुद र विकासको केन्द्र बनाउनेछौँ। यो मेरो प्रतिबद्धता हो—हामी सँगसँगै यो सपनालाई साकार पार्नेछौं।
(लेखक पर्सा निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट प्रदेशसभा सदस्यका प्रत्याशी हुन्। विभिन्न सामाजिक संस्थाहरूमा आबद्ध छन्।)
Facebook Comments Box