वीरगंज –१९ मा सार्वजनिक जग्गा अवैध कब्जा , भाडा नतिरी सटर सञ्चालन

वीरगंज , मंसिर — २३ वीरगंज महानगरपालिका–१९ बिन्दबासिनी चौकस्थित पूर्व पञ्चायतकालीन सार्वजनिक ऐलानी जग्गा लामो समयदेखि अवैध रूपमा कब्जा गरिएको खुलासा भएको छ । वडा–१९ को कित्ता नम्बर ८२ मा पर्ने करिब ७ कठ्ठा क्षेत्रफलमा बनेका सटरहरू कुनै भाडा नतिरी निजी व्यक्तिले सञ्चालन गर्दै आएका छन्। एक सटरमा ललन साह कानुले ‘बिन्दबासिनी अनमोल मिष्ठान्न भण्डार’ […]

गौर हत्याकाण्डको छानबिन गर्न सर्वोच्च अदालतको परमादेश जारि

वीरगंंज , मंसिर – २३ सर्वोच्च अदालतले फौजदारी मुद्दा अनुसन्धानका लागि घटनाबारे जाहेरी परेपछि अनुसन्धान तहकिकात कार्य नगरी बस्ने छुट नहुने व्याख्या गरेको समाचार छ । दुई दशकअघिको गौर हत्याकाण्ड अनुसन्धानका विषयमा दायर रिटमा अनुसन्धानका लागि परमादेश जारी गर्दै सर्वोच्चले जाहेरीपछि यथाशीघ्र प्रमाण संरक्षणसमेत हुनुपर्ने व्याख्या गरेको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको […]

सरकारद्वारा उखुको न्यूनतम समर्थन मूल्य निर्धारण

वीरगंज , मंसिर – २३ सरकारले उखुको न्यूनतम समर्थन मूल्य (एमएसपी) प्रतिक्विन्टल ६ सय २० रुपैयाँ निर्धारण गरेको छ। यसअघि ५ सय ८५ रुपैयाँ रहेको मूल्यमा ३५ रुपैयाँको वृद्धि गरिएको हो । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार उखु किसानलाई दिँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान पहिलेकै अवस्थामा निरन्तरता दिने निर्णय गरिएको […]

नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम

पर्सा, २२ मङ्सिर : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा गौतमले नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । मन्त्री गौतमले आज यहाँस्थित नारायणी अस्पतालको अनुगमन गर्दै अस्पतालको संरचना जीर्ण हुँदै गइरहेकाले पनि निर्माणका लागि सङ्घीय सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । “अस्पताल भवन निर्माणमा भइरहेको समस्यालाई बुझेर सहरी विकास तथा भवन […]

कोलकाता र हल्दियामा नेपाली जग्गा उपयोगविहीन, वर्षको भाडा मात्रै भारु ४२ लाख 

राधेश्याम पटेल वीरगंज / भारतको पश्चिम बङ्गाल राज्यको कोलकाता र हल्दिया बन्दरगाहमा नेपाल सरकारले प्रयोगविहीन जग्गाको लाखौं रकम भाडा तितेर घाटाको रोजगार गरिरहेको छ । नेपाल सरकारको वाणिज्य मन्त्रालय अन्तर्गतको नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कार्यालयले कोलकाता र हल्दिया बन्दरगाहमा लिजमा लिएको जग्गा प्रयोग नगरी भाडा मात्रै तिरेर घाटा बेहोरिरहेको हो । नेपाल–भारत पारवहन सन्धि […]

चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं, २२ मङ्सिरः आफ्नै चार महिने छोराको हत्या गरेको अभियोगमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुष्कर कार्की पक्राउ परेका छन् । निजले काठमाडौंको सिनामङ्गलमा आफ्नै चार महिने छोराको हत्या गरेर भागेको अवस्थामा नागढुङ्गाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “छोराको हत्या गरी भागेको […]

चालक हत्या प्रकरणमा सात जना पक्राउ

सुनसरी, २२ मङ्सिरः सिटी सफारीका चालक हत्या प्रकरणमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । गत असोज २५ गते रामधुनी नगरपालिका–२, कर्मनिया टोलस्थित भित्री सडकखण्डमा सिटी सफारी (रिक्सा) चालक दिनेशकुमार चौधरीलाई गोली हानी हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रामधुनी नगरपालिका–१ का ४३ वर्षीय राजकिशोर साह, रामधुनी–१ का […]

अण्डाको मूल्य हालसम्मकै उच्च

चितवन, २२ मङ्सिरः विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्य नपाउँदा ७५ प्रतिशतभन्दा बढी किसान विस्थापित भएपछि किसानलाई नाफा हुनेगरी मूल्य पाएका हुन् । देशभरका पोल्ट्री फार्महरुको मूल्यलाई आधार मानेर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरा पालक सङ्घले मङ्गलबारदेखि […]

घोडासाहनतर्फबाट हुने गरेको अवैध कारोबार उल्लेख्य मात्रामा घटे

रौतहट, २२ मङ्सिरः सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउटपोष्ट (विओपी) सरमुजवा रौतहटको सक्रियतासँगै सीमा नजिकको भारतीय बजार घोडासाहनतर्फबाट हुने गरेको अवैध कारोबार उल्लेख्य मात्रामा घटेको छ । सशस्त्र प्रहरीको सक्रियतासँगै विशेषगरी खाद्यान्न तथा तरकारी, औषधि, लत्ताकपडा, रक्सी, सुर्तीजन्य पदार्थ, खेलौना, मोटरसाइकल, मोबाइलसहित विभिन्न उपकरणका पार्टस्लगायतका सामानमा हुने अवैध काराबारमा कमी आएको र यस किसिमको गैरकानुनी […]

जेनजीआन्दोलनका क्रममा आगजनी तथा लुटपाट गर्ने १५ जना पक्राउ

राष्ट्रिय समाचार समिति (रासस) सिन्धुली, २२ मङ्सिरः गत भदौ २४ गते सिन्धुलीमा जेनजीको आन्दोलनका क्रममा सरकारी कार्यालय तोडफोड, आगजनी तथा लुटपाट गर्ने १५ जना पक्राउ परेका छन् । प्राप्त प्रमाणका आधारमा १५ जनालाई पक्राउ गरिएको र थप १५ जनाको पहिचान गरी पक्राउका लागि जिल्ला अदालतबाट पक्राउ आदेश लिएको प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । […]