search

spot_img
spot_img

एनआईसी एशिया बैंकले ल्यायो ‘कार्डलेस विथ ड्र’ सुविधा

पढ्न छुटाउनुभयो ?

काठमाडौं । ललितपुरस्थित जाउलाखेलका बिक्रम खड्का पर्समा एटीएम कार्ड बोक्दाबोक्दै हैरान थिए । पर्समा राख्दा एटीएम कार्ड कति पटक त भाँचिए भने कति पटक हराए पनि । यस्तै हैरानी भोगिरहेका खड्काले केही समयअघि एनआईसी एशिया बैंकले ल्याएको ‘कार्डलेस विथ ड्र’को बारेमा थाहा पाए । पछिल्लो समय उनले ‘कार्डलेस विथ ड्र’ सेवा प्रयोग गर्ने गरेका छन् । अहिले यो सेवा उनलाई गजब लाग्न थालेको छ ।  ‘अहिले त मैले एटीएम कार्ड बोक्ने झन्झट गर्दिन,’ खड्का भन्छन्, ‘मोबाइलमा एनआईसी एशिया बैंकको एप छ, त्यही एपबाट पैसा झिक्छु ।’

खड्काले भने जस्तै एनआईसी एशिया बैंकले ल्याएको ‘कार्डलेस विथड्र’ सेवाले ग्राहकहरुको दैनिक जीवनलाई नै सहज र सरल बनाएको बैंकले बताएको छ ।

बैंकका अनुसार ग्राहकको हातमा मोबाइल र एनआईसी एशिया बैंकको एप भए पुग्छ । एपभित्र ‘कार्डलेस विथ ड्र’ अप्सन हुन्छ । जसको प्रयोग गरेर एटीएमबाट आफ्नो खाताको रकम झिक्न सकिन्छ । यो सेवा प्रयोग गर्न कुनै झन्झट छैन, मात्र मोबाइल इन्टरनेटमा जोडिनु पर्छ ।

यसरी झिक्न सकिन्छ रकम

सबैभन्दा पहिला तपाईंको मोबाइल इन्टरनेटमा जोडिनु पर्छ । यसका लागि वाइफाइ वा डेटा प्रयोग गर्न सकिन्छ । इन्टरनेट उपलब्ध भएपछि एनआईसी एशिया मोबाइल बैंकिङ एप खोल्नुहोस् । होम स्क्रिनमा विभिन्न सेवाहरु देखिन्छन् । त्यसमध्ये माथिल्लो लाइनको सबैभन्दा दायाँ भागमा ‘कार्डलेस विथ ड्र’ अप्सन हुन्छ । यसमा ट्याप गरेपछि कति रकम झिक्न खोज्नु भएको हो त्यो रकम हालेर प्रोसिड गर्नुहोस् ।

तपाईंले झिक्न खोज्नु भएको रकम ठिक छ कि छैन भनेर कन्फर्मेसन गरेर पुनः प्रोसिड गर्नुहोस् । अब तपाईंले आफ्नो एटीएमको लागि प्रयोग गरेको चार अंकको पिन नम्बर हालेर ‘राइट चिन्ह’मा ट्याप गर्नुहोस् ।

अब तपाईंको पेमेन्ट सक्सेस भनेर जानकारी आउँछ । यसको साथमा तपाईंको मोबाइल नम्बरमा एनआईसी एशिया अलर्टबाट ‘कार्डलेस विथ ड्र’को लागि ६ अंकको ओटीपी कोड नम्बर आउँछ । यो ओटीपी कोड नम्बर एक घण्टासम्मको लागि प्रयोग गर्न सकिन्छ । त्यसैले यसलाई सुरक्षित राख्नुपर्छ ।

अब एटीएम मेसिनको स्क्रिनमा कार्डलेस विथ ड्र भन्ने अप्सन हुन्छ, त्यसको बटनमा थिच्नुहोस् र विथड्र भन्ने अप्सनमा ट्याप गर्नुहोस् । अब तपाईंको मोबाइल नम्बर हालेर कन्टिन्यु गर्नुहोस् । अब मोबाइलमा अघि आएको ओटीपी कोड नम्बर हालेर कन्टिन्यु गर्नुहोस् । कति रकम झिक्न खोजेको हो त्यो अंक हाल्नुहोस् । मोबाइलमा जति रकम राख्नु भएको थियो, त्यत्ति नै अंक थिचेर कन्टिन्यु गर्नुहोस् । अब रकम हातमा आउँछ ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads