बंगलादेशले ४ विकेट गुमायो

1200x150_1200x150-01.jpg (1)




काठमाडौँ । नेपालले बंगालदेशविरुद्ध पावर प्लेमा शानदार बलिङ गर्दै चार विकेट लिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरिरहेको बंगलादेशले ६ ओभरमा आफ्ना चार प्रमुख ब्याट्सम्यानलाई गुमाएर ३१ रन बनाएको हो । बंगलादेशका तान्जिद हसन शुन्य, लिटन दास १०, कप्तान नाजमुल होसैन शन्तो ४ र टोविद हृदयले ९ रन बनाएर आउट भएका छन् ।

नेपालका लागि सोमपाल कामिले पहिलो बलमै विकेट दिलाएका थिए । उनले पावर प्लेमा ३ ओभर बलिङ गर्दै १० रन दिएर २ विकेट लिएका छन् । त्यस्तै दिपेन्द्र सिंह ऐरी र कप्तान रोहित पौडेलले एक एक विकेट लिएका छन् ।

भर्खरै

सम्बन्धित पोस्टहरुः