इम्फाल , कार्तिक ३ –
भारतको मणिपुरस्थित इम्फाल पूर्वी जिल्लामा सोमबार बिहान गोली चल्दा तीन जना मैतेई समुदायका व्यक्तिको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार घटना नोंगशुम पहाडनजिक भएको हो। गाउँलेहरू दाउरा लिन गएको बेला हतियारधारी व्यक्तिहरूले उनीहरूमाथि गोली चलाएको घाइतेहरूले बताएका छन्।
घटनापछि स्थानीय बासिन्दाले दुई जनाको शव मुख्यमन्त्रीको निवासबाहिर राखेर विरोध प्रदर्शन गरेका छन्।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।






