search

spot_img
spot_img

पक्राउ परेका अग्रवालको म्याद थप

पढ्न छुटाउनुभयो ?

वीरगंज, १८ साउन ।
किर्ते नागरिकता र लाइसेन्स प्रकरणमा पक्राउ परेका वीरगंज–१० आदर्शनगरका व्यवसायी निरञ्जनकुमार अग्रवालको नाममा तीन दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार किर्ते नागरिकता मुद्दामा पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको बताए । उनलाई बुधवार बिहान पर्सा प्रहरी मातहतको आदर्शनगर प्रहरी युनिटले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो ।
विगत लामो समयदेखि किर्ते नागरिकता प्रकरणमा पर्सा जिल्लाका सुरक्ष्Fा अधिकारीलाई भेटी चढाउँदै जोगिंदै आएका अग्रवाल पक्राउ परेपछि वीरगंजका अन्य नवनागरिकहरू जसले झूटो विवरण पेश गरेर नागरिकता बनाएका छन्, उनीहरूमा त्रास मचिएको छ ।
जिप्रका, पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले किर्ते नागरिकता मुद्दामा चासो देखाएर उनलाई पक्राउ गरेका हुन् । वीरगंज–२५ श्रीसियाका नरेश ठाकुरले २०७६/१२/१४ मा पर्सा प्रहरीमा दिएको उजूरीमाथि छानबीन गर्दै पर्सा जिल्ला अदालतबाट यही साउन १३ गते पक्राउ पुर्जी जारी गर्दै १६ गते उनलाई पक्राउ गरिएको हो । उनले २०६३ फागुन १८ गते लिएको ३४१०२२/७० नम्बरको जन्मसिद्धको नागरिकतामा कैफियत देखिएपछि अनुसन्धान अगाडि बढेको हो । अग्रवालले नागरिकता पाउनुभन्दा अगाडि नै २०५१ सालमा नारायणी यातायात व्यवस्था कार्यालय वीरगंजबाट चालक अनुमतिपत्र प्राप्त गरिसकेका थिए ।
त्यस बेला नागरिकताविना कसरी चालक अनुमतिपत्र पायो भन्ने खोजको विषय हुन सक्छ । साथै उनको नागरिकता र चालक अनुमतिपत्रको जन्ममिति पहिलेको कागजातमा फरक भेटिए तापनि अहिलेको लाइसेन्सको जन्ममिति २०३६/११/३ गते उल्लेख गरिएको छ । जबकि अग्रवालको मतदाता परिचयपत्रमा जन्ममिति २०३१/३/१० गते लेखिएको छ । नागरिकता र चालक अनुमतिपत्रको जन्ममिति समान बनाउन यातायातका कर्मचारीलाई ठूलो नजराना दिएर यस्तो गरेको आशङ्का छ ।
भारतको राजस्थान निवासी जगदीश अग्रवालका छोरा निरञ्जकुमार अग्रवालको मुद्दामा पर्सा जिल्ला अदालतले जिल्ला प्रशासन कार्यालय, पर्सासँग पत्राचार गरी सक्कल मिसिल र जानकारी माग्न खोज्दा उनको सक्कल मिसिलको प्रमाण जिल्ला प्रशासन कार्यालयमा नरहेको यस अघिका अधिकारीहरूले अदालतलाई पत्राचार गरेपछि सो मुद्दा तामेलीमा राखिएको थियो । सुर्ती, गुटखा, च्युङ्गमलगायतका किराना व्यवसायी अग्रवाल विगतमा जग्गाको कारोबार गरेर करोडौंको सम्पत्ति जोडेका व्यक्ति हुन् । उनका निकटम ठाकुरसँग जग्गा विवाद हुँदा प्रमाणसहित प्रशासनमा अग्रवालविरुद्ध उजूरी गर्दा अहिले उनी प्रहरीको खोरमा पुगेका हुन् । तर उनलाई कानून बमोजिम कारबाई हुन्छ कि हुँदैन ? त्यो हेर्ने विषय हो । वीरगंजका केही जानकारले नागरिकता घटनामा हाई प्रोफाइल व्यक्तिलाई समातेर नजराना असुल्ने र त्यसपछि मुद्दा कमजोर गर्दै जाने चलन पनि पुरानै रहेकोले यो मुद्दामा पनि कानून बमोजिम कारबाई हुनुपर्ने वीरगंजवासीको चाहना छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

बहुदरमाईका नि. प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव पक्राउ

वीरगंज, ६ असार । अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल काठमाडौंबाट खटिएको टोलीले पर्सा जिल्लाको बहुदरमाई नगरपालिकाका  निमित प्रमुख प्रशासकीय अधिकृत...
- Advertisement -spot_img

सम्बन्धित खबर