रामपुर टोकनीमा अस्पताल निर्माणको लागि दुई करोडको जग्गा दान, रथमा बसाएर दातालाई घुमाइयो

1200x150_1200x150-01.jpg (1)
वीरगंज , २० साउन/ बारा, परवानीपुर गाउँपालिका–२ रामपुर टोकनीमा १५ शøयाको सरकारी अस्पताल स्थापना हेतु दुई करोड मूल्य बराबरको जग्गा दान गरिएको छ ।
सोही स्थानका चुलाइ साहकी बुहारी रामप्यारीदेवी साहले साढे छ कट्ठा जग्गा परवानीपुर गापाको नाममा पास गर्दै जग्गा दान गरेकी हुन् । जग्गा पालिकाको नाममा आएपछि सङ्घ सरकारमार्पmत १५ शøयाको अस्पताल निर्माणको लागि माग गरिनेछ । सङ्घ सरकारले अस्पताल निर्माणको लागि लागत अनुसार १८ देखि २० करोड रकम अनुदान दिनेछ ।
वडा नं २ का अध्यक्ष महम्मद नुरुल होदा अन्सारीको अध्यक्षता एवं परवानीपुर गापाका अध्यक्ष्F रामक्षत्रीप्रसाद कुर्मीको प्रमुख आतिथ्यमा भएको सम्मान कार्यक्रममा उपाध्यक्ष सुगन्धी कनुइन, प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता, वडाध्यक्ष्Fहरू इब्राहिम मियाँ धोबी, गम्भीरा पटेल, रामेश्वर कलवारलगायतको सहभागिता थियो ।
कार्यक्रममा दोसल्ला ओढाएर दाता परिवारका सदस्यलाई सम्मान गरिएको थियो भने रथमा राखेर गाउँपालिका परिक्रमा गराइएको थियो । परिक्रमाका लागि रथ, १० वटा घोडा, ६० वटा ईरिक्शालगायत लावालस्करसहित उनको सम्मान गरिएको थियो ।
सम्बन्धित पोस्टहरुः