search

spot_img
spot_img

खानेपानीको पाइप फुटदा सरकारी भवनहरु जलमग्न, मन्त्री यादवद्वारा मरम्मत गर्न निर्देशन

पढ्न छुटाउनुभयो ?

काठमाडौं, ३० माघ । नेपाल विद्युत प्राधिकरणले विद्युतका लाइन भूमिगत गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा काठमाडौंको बबरमहलमा रहेको खानेपानी थोक वितरण प्रणालीको पाइप फुटेको छ । पाइप फुटेर पानी पसेपछि बबरमहलस्थित विशेष अदालत लगायतका सरकारी भवनहरू जलमग्न बनेको छ। सो खबर पाउनासाथ खानेपानीमन्त्री प्रदीप यादव पोखराबाट काठमाडौं आइ पानी बन्द गर्नका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड, पिआइडी प्रमुखलाई निर्देश दिनुभएको थियो । मन्त्रालयका सचिव इ. प्रमिलादेवी शाक्य, बज्राचार्य, केयूकेएलका सिइओ अशोककुमार पौडेल, पिआइडिका प्रमुख टिकाबहादुर चौधरीसहित मन्त्रालयको टोली पानी निकास र रोकथामका लागि प्रयासरत छन् । पानी जमेर त्यहाँ रहेका सवारीसाधनहरू डुबानमा परेको तथा आवतजावतमा समस्या उत्पन्न भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लाई भल्भ बन्द गर्न तथा वास आउट खोल्न खानेपानीमन्त्री यादवले निर्देशन दिए । हाल उक्त क्षेत्रमा पानी आपूर्ति बन्द गरिएको छ । सम्बन्धित निकायहरूले शीघ्र मर्मत कार्य गरी जनजीवन सुचारू गर्न मन्त्री यादवले अनुरोध गरेका छन् ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads