न्यू टाइगर क्लब गहवाद्वारा स्वास्थ्य सामग्री सहयोग

वीरगंज, १५ मंसिर । चीसोको कारण बालबालिका, वृद्धहरूमा रूघाखोकी, ज्वरो लगायतका संक्रमण फैलिन थालेपछि न्यू टाइगर क्लब गहवाले सोमवार वडा स्वास्थ्य सामग्री सहयोग गरेको छ । वीरगंज महानगरपालिका वडा नं. ८ स्थित स्वास्थ्य चौकीमा क्लबले दुई थान नेबुलाइजर मेशिन, दुई थान डिजिटल थर्मामिटर, एक थान कटन बन्डल, दुई डब्बा अस्थालिन, दुई थान वाइपसलगायत सामग्री स्वास्थ्य चौकीका […]

टिबी शाह ग्राउन्ड मुआब्जा विवाद सुल्झाउन पर्साका प्रजिअ अग्रसर

परवानीपुर,१५ मंसिर पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहालले नारायणी क्रिकेट मैदान हाल नाम परिवर्तित टिबी शाह क्रिकेट ग्राउन्डको अनुगमन गरेका छन् । क्रिकेट संघ पर्साको आग्रहमा प्रजिअ दहाल र राष्ट्रिय अनुसन्धानका उपनिर्देशक सन्तोष ढुङ्गेलको टोली आज विहान मैदानको अनुगमन गरी वस्तुस्थिति बुझेको क्यान पर्साले जनाएको छ । करिब दुई दशकदेखि अल्झेको मुआब्जा विवादको बारेमा मुआब्जा […]

प्रेस काउन्सिल नेपालको आव २०७९/०८० को वर्गीकरण नतीजा सार्वजनिक. ८२६ वटा पत्रिका वर्गीकरणमा

वीरगंज, १५ मंसिर ।  प्रेस काउन्सिल नेपालले आ.व. २०७९–०८० को पत्रपत्रिका वर्गीकरणको प्रारम्भिक नतिजा सोमवार सार्वजनिक गरेको छ । प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० बमोजिम गठित पत्रपत्रिका वितरण सम्परीक्षण समितिको वर्गीकरण प्रतिवेदनको आधारमा आ.व.२०७९।०८० को पत्रपत्रिका वर्गीकरण/मूल्याङ्कनको प्रारम्भिक नतिजा सार्वजनिक गरिएको प्रेस काउन्सिल नेपालले जानकारी गराएको छ । काउन्सिलको वर्गीकरणमा परेका पत्रपत्रिका – ८२६ […]

मधेसका मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश

मधेस , मंसिर – १५ सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत प्राप्त गर्न आदेश दिएको छ। सोमबार सर्वोच्चको न्यायाधीश हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले मुख्यमन्त्री यादवले निर्धारित समयभित्र विश्वासको मत लिन नसकेमा संविधानको धारा १६८ (२) अनुसार सरकार गठन गर्न परमादेश जारी गर्ने निर्देश दिएको हो। गैरसंवैधानिक ढंगले […]

जगरनाथपुर वडा कपः ताम्बाश्री सेमिफाइनलमा

वीरगंज,मंसिर १५  वीरगंज–२२ जगरनाथपुरको खेलमैदानमा जारी वडा अध्यक्ष कप नकआउट क्रिकेट प्रतियोगिताको आजको खेलमा वीरगंजको लक्षुमानवाको ताम्बाश्री टिम विजयी भएको छ । कालिकामाई क्रिकेट टिमलाई ३७ रनले पराजित गर्दै ताम्बाश्री विजयी भएको आयोजकले जनाएको छ । जगरनाथपुर क्रिकेट टिमको मंसिर २० गते सम्म चल्ने उक्त प्रतियोगितामा आयोजकसंगै अन्य ७ गरी कुल ८ टिमहरुको हसभागिता छ […]

वीरगंज स्कूल्स कपः बाल एकता र साउथ जोन विजयी 

वीरगंज, १५ मंसिर ।  वीरगंज स्कूल्स कप अन्तर्गत सोमवार भएको प्रतियोगितामा बाल एकता र साउन जोन मावि विजयी भएको छ । पहिलो खेल बाल एकता सेकन्डरी इङ्गलिस बोर्डिङ स्कूल र कादम्बरी सेकन्डरी स्कूलबीच भएको थियो। टस जितेर बाल एकताले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४० रन बनायो । जवाफमा कादम्बरी सेकन्डरी स्कूलले […]

पर्सामा नेकपा एमालेका तीन निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

वीरगंज , मंसिर -१५ पर्सा जिल्लाका चार निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्रमा नेकपा एमालेका महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा टुङ्गो लागेका छन् । क्षेत्र नम्बर १, २ र ३ मा प्रतिनिधि चयन भइसकेको एमाले पोलिटब्युरो सदस्य ज्वाला साहले जानकारी दिइन् । क्षेत्र नम्बर १ बाट ९, क्षेत्र नम्बर २ बाट ७ र क्षेत्र नम्बर ३ बाट ८ […]

हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिकोत्सवमा वीरगंजमा रक्तदान कार्यक्रम

वीरगंज, १५ मंसिर । हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। सोमवार वीरगंज–१० आदर्शनगरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा मधेश प्रदेश कार्यालयको बीमा प्राधिकरणका प्रमुख आर्या रावल, हिमालयन एभरेष्ट इन्स्योरेन्स लिंका प्रदेश प्रमुख तारिख अख्तर, शाखा प्रमुख मन्दीप प्रधानलगायत ९० जनाको सहभागिता रहेको थियो । हिमालयन एभरेष्ट इन्स्योरेन्स वीरगंज शाखाका नीरज सर्राफको […]

स्थानीय तहमा आन्तरिक आय लक्षभन्दा घट्दा वित्तीय कमजोरी

वीरगंज , मंसिर – १५ पर्सागढी नगरपालिका र वीरगन्ज महानगरपालिकाले विगत केही वर्षमा आन्तरिक तर्फको आय लक्षअनुसार संकलन गर्न सकेका छैनन् । पर्सागढी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा तीन करोड २६ लाख ६० हजार रुपैयाँको लक्ष्य राख्दा केवल एक करोड तीन लाख रुपैयाँ मात्रै सङ्कलन गर्न सफल भएको छ। यसअघि पनि आन्तरिक आय लक्षभन्दा निकै […]

मधेश प्रदेशमा भएको छुट्टाछुट्टै दुर्घटना दुई जनाको मृत्यु

वीरगंज , मंसिर – १५ मधेश प्रदेशमा आइतबार राति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सिराहा र सप्तरीमा भएको दुई दुर्घटनामा एक–एक जनाले ज्यान गुमाएका हुन् । सिराहा– विष्णुपुर गाउँपालिका–१ हरिनगरास्थित सडकमा मोटरसाइकल म.प्र.०१–००४ प ७८४८ र साइकल एकआपसमा ठोक्किँदा ७० वर्षीय साइकल चालक सत्यनारायण ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको […]