वीरगंज , मंसिर – १५
वीरगंज स्कूल्स कपका सातौँ दिन आज सोमबार दुई रोमाञ्चक क्रिकेट खेल सम्पन्न भएको छ । पहिलो खेलमा बाल एकता सेकन्डरी इङ्ग्लिस बोर्डिङ स्कूलले उत्कृष्ट प्रदर्शन गर्दै कदम्बरी सेकन्डरी स्कूललाई ६२ रनले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको बाल एकताले २० ओभरमा ९ विकेट गुमाउँदै १४० रनको प्रतिस्पर्धी योगफल बनायो । जवाफमा कदम्बरी टोली रनको पछ्याइँमा निकै संघर्षरत देखिएको थियो । उनीहरू १८.३ ओभरमै ७८ रनमा अलआउट भए । आजको म्यान अफ द म्याच सनी शाह बनेका छन । उनले मात्र २ ओभरमा ७ रन दिएर २ महत्वपूर्ण विकेट लिएका थिए ।
यस्तै, दोस्रो खेलमा साउथ जोन सेकन्डरी स्कूल विजयी रह्यो । टस हारेर ब्याटिङमा उत्रिएको साउथ जोनले १८.३ ओभरमा ११८ रनको योगफल तयार पार्योत । जवाफमा अल्पाइन सेकन्डरी स्कूलले २० ओभरको खेल पूरा गर्दासम्म ९६ रन मात्र जोड़्न सकेपछि साउथ जोनले २२ रनको जित हात पार्योह । आजको म्यान अफ द म्याच मिस्बाबुल अन्सारी घोषित भए छन । उनले ३८ रन बनाएका थिए भने २ विकेटसमेत लिएथिए ।
अब भोलि प्रतियोगिताका महत्त्वपूर्ण सेमिफाइनल खेलहरू हुँदैछन् । पहिलो सेमिफाइनल ग्रीन ल्याण्ड सेकन्डरी स्कूल र साउथ जोनबीच बिहान ९ बजे र दोस्रो सेमिफाइनल विद्या सदन र बाल एकताबीच दिउँसो १२ बजे नारायणी क्रिकेट ग्राउन्डमा खेलाइनेछ ।









