पर्सामा नेकपा एमालेका तीन निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

वीरगंज , मंसिर -१५

पर्सा जिल्लाका चार निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्रमा नेकपा एमालेका महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा टुङ्गो लागेका छन् । क्षेत्र नम्बर १, २ र ३ मा प्रतिनिधि चयन भइसकेको एमाले पोलिटब्युरो सदस्य ज्वाला साहले जानकारी दिइन् ।

क्षेत्र नम्बर १ बाट ९, क्षेत्र नम्बर २ बाट ७ र क्षेत्र नम्बर ३ बाट ८ गरी २४ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन्। क्षेत्र नम्बर ४ को प्रतिनिधि भने सोमबार टुङ्गो लाग्नेछ ।

तीन क्षेत्रमा संस्थापन पक्षको प्रभुत्व देखिएको छ । क्षेत्र नम्बर १ बाट वीरगञ्जका पूर्वमेयर विजयकुमार सरावगी, एमाले जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्मा लगायत ९ जना चयन भए। क्षेत्र नम्बर २ बाट लियाकत अलि, उस्मान अन्सारी, मनोज कुशवाहा लगायत ७ जना र क्षेत्र नम्बर ३ बाट प्रह्लाद गिरी, प्रमोद जैसवाल, प्रधुमन चौहान लगायत ८ जना निर्विरोध निर्वाचित भएका छन् ।

सम्बन्धित पोस्टहरुः