रौतहटको कटहरियामा बजेटबिनै भुक्तानी : जनाविरुद्ध भ्रष्टाचार मुद्दा

रौतहट मंसिर — १६ कटहरिया नगरपालिकामा बजेट स्वीकृत नभएको अवस्थामा भुक्तानी गरी सरकारी कोषमा हानि पुर्‍याएको ठहरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात कर्मचारी र एक गैरसरकारी संस्थाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले दायर गरेको आरोपपत्रअनुसार तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, सहायक लेखापाल विवेक कुमार सहनी, कर्मचारी राम नरेश प्रसाद […]

एनपिएल : कर्णाली बाहिरियो, पोखराको दोस्रो जित

काठमाडौँ, १६ मङ्सिर : कर्णाली याक्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) बाट बाहिरिने पहिलो टोली बनेको छ । आज पोखरा एभेन्जर्ससँग ३४ रनले पराजित भएसँगै कर्णाली एक खेल अगावै बाहिरिएको हो । कर्णालीले छ खेलबाट दुई अङ्क मात्रै जोडेको छ । पोखराले भने पाँच खेलबाट चार अङ्क पुर्‍याएको छ । जितका लागि पाएको २०२ […]

चकलेटसहित वीरगंजका पटेल बारामा पक्राउ

वीरगंज , मंसिर – १६ बिल बिजकसँग फरक रहेको चकलेटसहित वीरगंज महानगरपालिका वडा नम्बर ३१ का २८ बर्षीय ऋषि पटेललाई बारा प्रहरीले पक्राउ गरेको छ । वीरगंजबाट कलैयातर्फ जादै गरेको ना २ च १३०४ नम्बरको पिकअपलाई रोकेर चेकजाँच गर्दा बिल बिजकसँग फरक रहेको चकलेट फेल परेले , चकलेटसंगै उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको […]

बाराको नहरमा डुबेर एक महिलाको मृत्यु

बारा, १६ मंसिर । बाराको कलैया उपमहानगरपालिका २७ स्थित  सिंचाइको नहरमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउकी ५१ वर्षीया इन्दुदेवी कोइरी रहेकी छिन घरबाट बिहान करिब ५ बजे निस्किएकी इन्दुको खोजी गर्ने क्रममा शव तैरिरहेको अवस्थामा फेला परेको थियो । नहरमा डुबेको शव स्थानीयको सहायतामा निकालिएको छ । जिल्ला प्रहरी […]

वडाध्यक्ष टुर्नामेन्ट : गण्डक बहुवरी सेमीफाइनलमा प्रवेश

वीरगंज , मंसिर – १६ वडाध्यक्ष क्रिकेट टुर्नामेन्ट सिजन–२ को चौथो दिन भएको खेलमा गण्डक बहुवरी क्रिकेट टीमले संजु–११ धोरेलाई ७५ रनको फराकिलो अन्तरले पराजित गर्दै सेमीफाइनलमा स्थान सुरक्षित गरेको छ । टस जितेर फिल्डिङ रोजेको गण्डक बहुवरीले निर्धारित १६ ओभरमा संजु–११ धोरेलाई १२.२ ओभरमै अलआउट गर्दै मात्र ५४ रनमा समेट्यो । संजु–११ धोरेका ब्याट्सम्यानहरूले […]

वीरगंज स्कुल्स कप : बाल एकता र ग्रीन ल्यान्ड फाइनलमा प्रवेश

वीरगंज , मंसिर – १६ भिएस पावरप्ले टि २० चैलेन्ज अन्तर्गत सञ्चालन भइरहेका वीरगंज स्कुल्स कपको पाँचौँ दिन शुक्रबार सेमिफाइनलका दुवै खेल सम्पन्न भएका छन । रोमाञ्चक प्रदर्शनसहित बाल एकता सेकेन्डरी इंग्लिश बोर्डिङ स्कूल र ग्रीन ल्यान्ड सेकेन्डरी स्कूल फाइनलमा प्रवेश गर्न सफल भएका छन् । टस जितेर पहिले ब्याटिङ गरेको बाल एकता सेकेन्डरी इंग्लिश […]

लैङ्गिक हिंसा विरुद्धको अभियानअन्तर्गत लागुऔषध रोकथाम सम्बन्धि कार्यक्रम सम्पन्न

वीरगंज , मंसिर – १६ सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको आयोजनामा र आइडिएल बोर्डिङ स्कूलको सहकार्यमा लागुऔषध दुरुपयोग रोकथाम तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यालयमै सुरु हुने सचेतनाले बालबालिकालाई गलत बाटोबाट जोगाउन ठूला प्रभाव पार्ने बताएका थिए । सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराईको अध्यक्षतामा भएको कार्यक्रममा वडा […]

मधेसका मुख्यमन्त्री यादव बुधबार विश्वासको मत लिने

मधेश , मंसिर — १६ मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् । सर्वोच्च अदालतले २४ घन्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि मुख्यमन्त्री यादवले प्रदेशसभा सचिवालयलाई आवश्यक पत्र पठाएका छन् । मुख्यमन्त्रीले भने, “आदेशको लिखित प्रतिलिपि पाएपछि २४ घन्टाभित्र विश्वासको मत लिँदैछु ।” मन्त्रिपरिषद्को निर्णयअनुसार विश्वासको मतका लागि आवश्यक […]

एनपीएलमा जनकपुर बोल्ट्सको पहिलो जित

वीरगंज , मंसिर – १६ जनकपुर बोल्ट्सले लगातार चार हारपछि सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा पहिलो जित दर्ता गरेको छ। चितवन राइनोजको १७७ रनको लक्ष्य १७.३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो। पाकिस्तानी अलराउन्डर माज सदाकतले ३० बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ६३ रन बनाए भने अनिल शाहले […]

वीरगंजको प्रतिमा चौकबाट चरेशसहित सम्सुल मियाँ पक्राउ

वीरगंज , मंसिर – १६ वीरगंज महानगरपालिका वडा नम्बर १५ प्रतिमा चौकबाट पर्सा प्रहरीले १० किलो लागुऔषध चरेशसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ गर्नेमा पर्साका धोबिनी गाउँपालिका वडा नम्बर ५ बस्ने ४८ वर्षीय सम्सुल मियाँ रहेका प्रहरीले जनाएको छ । सोमबार प्रतिमा चौकस्थितको सडकखण्डमा मियाँ शंकास्पद तवरले हिडीरहेका थिए । प्रहरीले शंकाको आधारमा उनलाई […]