मधेसका मुख्यमन्त्री यादव बुधबार विश्वासको मत लिने

मधेश , मंसिर — १६

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् ।

सर्वोच्च अदालतले २४ घन्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि मुख्यमन्त्री यादवले प्रदेशसभा सचिवालयलाई आवश्यक पत्र पठाएका छन् । मुख्यमन्त्रीले भने, “आदेशको लिखित प्रतिलिपि पाएपछि २४ घन्टाभित्र विश्वासको मत लिँदैछु ।”

मन्त्रिपरिषद्को निर्णयअनुसार विश्वासको मतका लागि आवश्यक कार्यसूची तयार पारिएको छ। अदालतको आदेशपछि मधेस प्रदेशमा राजनीतिक गतिविधि तीव्र बनेको छ ।

सम्बन्धित पोस्टहरुः