वीरगंज , मंसिर – १६
सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको आयोजनामा र आइडिएल बोर्डिङ स्कूलको सहकार्यमा लागुऔषध दुरुपयोग रोकथाम तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यालयमै सुरु हुने सचेतनाले बालबालिकालाई गलत बाटोबाट जोगाउन ठूला प्रभाव पार्ने बताएका थिए ।
सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराईको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष रियाज मिया तेलि, वडा सदस्य बसिर मिया, स्कूल निर्देशक शौकत अली र प्रिन्सिपल विकास राई लगायतको उपस्थिति थियो ।
कार्यक्रममा शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक, स्थानीयवासी र सामुदायिक प्रहरी प्रतिनिधिहरूको व्यापक सहभागिता थियो । सहभागीहरूलाई लागुऔषधको असर, जोखिम, कानुनी परिणाम, सामाजिक प्रभाव र किशोर–किशोरीलाई यसबाट जोगाउन परिवार र समुदायको भूमिकाबारे जानकारी दिईएको थियो ।









