सीमावर्ती नाकामा अवाञ्छित गतिविधि बढेको सूचनापछि पर्सामा सुरक्षाकर्मी हाई अलर्ट

पर्सा जिल्लामा सीमावर्ती नाकाबाट अवाञ्छित व्यक्तिको प्रवेश हुन सक्ने आशंकासहित प्रशासनले सुरक्षाका निकायलाई उच्च सतर्कताका साथ परिचालनमा राखेको छ। जिल्लाका सीमाक्षेत्रमा सुरक्षा संवेदनशीलता बढेको सूचनापछि जिल्ला प्रशासन कार्यालय पर्साले विशेष सतर्कता अपनाउन निर्देशन दिएको हो। जिल्ला प्रशासन कार्यालयले जारी गरेको अत्यन्त जरुरी सूचनामा शंकास्पद व्यक्ति वा समूह जिल्ला प्रवेश गरेको देखिएमा सुरक्षित दूरीबाट तुरुन्तै सुरक्षा […]