वीरगंज, २ माघ । चौथो संस्करणको श्री शंकरलाल केडिया स्मृति अन्तरविद्यालय फुटबल प्रतियोगिता शुक्रवारदेखि शुरु भएको छ ।
सशस्त्र प्रहरीका डिएसपी बिष्णु हरि घिमिरेले प्रतियोगिताको उदघाटन गर्दै खेलकुद क्षेत्र एउटा यस्तो खेल हो जसले अनुशासन र नियमलाई आफ्नो पालना गर्दै शारीरिक तथा मानसिक रूपमा चाहिँ अग्रसर दिलाउने बताए ।
सुनील केडियाको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यालयका प्रअ, शिक्षक लगायतको सहभागिता थियो । विद्यालयकै प्रागंणमा आयोजित प्रतियोगितामा वीरगंजका १४ भन्दा बढी निजी विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाउदै छन् ।














