बारा , ३ माघ –
बाराको पथलैया–निजगढ सडकखण्डमा गुडिरहेको विद्युतीय गाडी (इभी) मा शनिबार अचानक आगलागी भएको छ । पोखराबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४७२० नम्बरको इभी जितपुर सिमरा उपमहानगरपालिका–१६ काटघाटस्थित जंगल क्षेत्रमा पुग्दा आगलागी भएको हो।
आगलागीबाट गाडी पूर्णरूपमा जलेर ध्वस्त भए पनि त्यसमा सवार १४ जना यात्रु भने सकुशल रहेका छन्। बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार समयमै यात्रुहरू बाहिर निस्कन सफल भएकाले मानवीय क्षति हुन पाएन ।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













