सर्लाहीमा ट्याक्टरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

वीरगंज , ३ माघ –

सर्लाहीको धनकौल गाउँपालिका–५, हरकठवा गोठमा शुक्रबार साँझ ट्याक्टरको ठक्करबाट १० वर्षीया गौरीकुमारी महतोको मृत्यु भएको छ।

प्रहरीका अनुसार, ना ४ त ७०३१ नम्बरको ट्याक्टर बाटोमा हिँडिरहेको बालिकामाथि ठक्कर दिएको थियो। गम्भीर घाइते बालिकालाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनापछि ट्याक्टर र चालकलाई इलाका प्रहरी कार्यालय हरकठवा र बरहथवाको नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरिएको छ। मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमै राखिएको छ।

सम्बन्धित पोस्टहरुः