वीरगंज, असार १६ —
चालु आर्थिक वर्षमा देशभर बैंक तथा वित्तीय संस्थाका १४९ शाखा बन्द भएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार डिजिटल बैंकिङको प्रयोग बढ्दै गएपछि महानगरपालिका क्षेत्रका धेरै शाखा समायोजन गरिएको हो।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत महानगरभित्र रहेका शाखा गाभ्न वा एकीकरण गर्न अनुमति दिएपछि काठमाडौं, ललितपुर, पोखरा, विराटनगर, वीरगंज र भरतपुर महानगरपालिकामा ७ वाणिज्य बैंक र ३ विकास बैंकका ११८ शाखा एकीकृत भएका छन्।
राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलका अनुसार शाखा समायोजन गर्दा कर्मचारी कटौती गर्न नपाइने व्यवस्था गरिएको छ। बैंकहरूले आवश्यकता र औचित्यका आधारमा मात्रै शाखा सञ्चालन गरिरहेको उनले बताए।







