आज छठ पर्वको दोस्रो दिन, खरना विधि गरिँदै

1200x150_1200x150-01.jpg (1)

पर्सा , कार्तिक २८ – 

चारदिने छठ महापर्वअन्तर्गत आज शनिबार दोस्रो दिन खरना विधि मनाइँदै छ।

यस दिन व्रतालुहरू नुहाएर चोखो भई दिनभर निराहार व्रत बस्ने र साँझपख सख्खरमा पकाइएको खीर कूलदेवता तथा छठी मातालाई चढाएर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ।

छठ पर्वको पहिलो दिन बिहीबार नहाय–खाय विधि सम्पन्न गरेका व्रतालुहरूले आज खरना विधि पूरा गर्नेछन्।

पर्वको मुख्य दिन आइतबार साँझ व्रतालुहरूले जलाशय तथा छठघाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिनेछन्। यसलाई ‘सँझियाघाट’ भनिन्छ। त्यसपछि सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न हुनेछ।

प्रकृति, सूर्य र छठी माताको पूजा गरिने यस पर्वमा चोखोनितो, संयम र शुद्धताको विशेष महत्त्व रहेको धार्मिक विश्वास छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः