निजी विद्यालयलाई सरकारी मापदण्डअनुसार तलब दिन जीतपुरसिमराको निर्देशन

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार १६ —

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सबै संस्थागत (निजी) विद्यालयलाई शिक्षक तथा कर्मचारीको तलब, भत्ता र अन्य सेवा–सुविधा नेपाल सरकारले तोकेको मापदण्डअनुसार अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ।

उपमहानगरपालिकाले शिक्षक तथा कर्मचारीबाट पटक–पटक गुनासो आएपछि नगर कार्यपालिकाको निर्णयअनुसार उक्त निर्देशन जारी गरेको जनाएको छ। सूचनामा शिक्षा ऐन, शिक्षा नियमावली तथा संस्थागत विद्यालय सञ्चालन निर्देशिकाबमोजिम सरकारी तलबमानभन्दा कम पारिश्रमिक दिन नपाइने उल्लेख गरिएको छ।

साथै विद्यालयको कुल खर्चमध्ये कम्तीमा ६० प्रतिशत रकम शिक्षक तथा कर्मचारीको तलब तथा सेवा–सुविधामा खर्च गर्नुपर्ने र अन्य कानुनी व्यवस्था पनि अनिवार्य रूपमा कार्यान्वयन गर्न उपमहानगरपालिकाले सबै निजी विद्यालयलाई निर्देशन दिएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः