वीरगंज , असार १६ —
पाँच पटकको विश्व च्याम्पियन ब्राजिल फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। राउन्ड अफ ३२ अन्तर्गत सम्पन्न खेलमा ब्राजिलले जापानलाई २–१ गोलले पराजित गर्दै नकआउट यात्रा अघि बढाएको हो।
खेलको २९औँ मिनेटमा काइशु सानोले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा ब्राजिलले उत्कृष्ट पुनरागमन गर्यो। ५६औँ मिनेटमा कासेमिरोले बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समयतर्फ उन्मुख भएको थियो।
अन्तिम समयमा वैकल्पिक खेलाडी गाब्रियल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई रोमाञ्चक जित दिलाए। हारसँगै जापानको विश्वकप यात्रा राउन्ड अफ ३२ मै समाप्त भएको छ।
अब ब्राजिलले क्वार्टरफाइनल प्रवेशका लागि अन्तिम १६ मा आइभरी कोस्ट र नर्वेबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।







