पार्टी नेतृत्वबारे उत्तेजित नहुन प्रचण्डको आग्रह

1200x150_1200x150-01.jpg (1)

वीरगंज , असार १६ —

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्व परिवर्तनको विषयलाई लिएर भावनात्मक वा उत्तेजित नहुन नेताहरूलाई आग्रह गरेका छन्।

सोमबार बसेको केन्द्रीय कमिटीको जुम बैठकलाई सम्बोधन गर्दै उनले नेतृत्वले ‘अहिले छोड, भोलि छोड’ भन्ने अवस्था नरहेको स्पष्ट पार्दै पार्टी पुनर्गठनमार्फत नयाँ नेतृत्व स्थापित गरिने बताए। उनले युवालाई ५० प्रतिशत नेतृत्वमा ल्याउने प्रतिबद्धता दोहोर्‍याउँदै त्यसका लागि नयाँ ढंगले अघि बढ्ने तयारी भइरहेको जानकारी दिए।

प्रचण्डले पुस्तान्तरण स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै यसलाई दुई पुस्ताबीचको द्वन्द्वका रूपमा नहेर्न आग्रह गरे।

बैठकमा सहसंयोजक माधवकुमार नेपालले असारभित्र पार्टी एकतासम्बन्धी सबै काम टुंग्याउनुपर्नेमा जोड दिँदै केही असन्तुष्टि भए पनि समाधान गर्न सकिने विश्वास व्यक्त गरे। उनले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन सबै नेता–कार्यकर्ता एकताबद्ध हुनुपर्ने बताए।

भर्खरै

सम्बन्धित पोस्टहरुः