काठमाडौं । कारागारबाट फरार कैदीबन्दी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–२१ घर भएका ३१ वर्षीय अफताब आलम छन् । आलमलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
ठगी मुद्दामा कारागार चलान भएका उनी जेनजी आन्दोलनको क्रममा भागेका थिए । बूढानीलकण्ठबाट पक्राउ परेका उनलाई ललितपुरस्थित नख्खु कारागार पठाइएको छ ।






