पत्रकार श्रेष्ठ किन पक्राउ परे ?

1200x150_1200x150-01.jpg (1)

काठमाडौं । प्रहरीले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । उनलाई बुधवार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो।
युवतीले दिएको जाहेरीका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंमा उनिविरूद्ध वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कसुरमा जाहेरी परेको थियो।
साउन २५ मा जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धीत एक सामग्री प्रकाशन भएको थियो। समाचारमा नाम जोडिएकी युवतीले प्रहरीमा जाहेरी दिएकी थिइन।

भर्खरै

सम्बन्धित पोस्टहरुः