वीरगंजमा १५४ ग्राम ब्राउन सुगर र अफिमसहित दुई जना पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज असोज ७-

वीरगंज महानगरपालिका–१५ चालीसफिट सडकखण्डबाट प्रहरीले १५४ ग्राम ब्राउन सुगर र ११ ग्राम ५९ मिलिग्राम अफिमजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार साँझ करिब ७ बजे बीआर०५बीएल १६८० नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई शंकास्पद अवस्थामा रोकेर जाँच गरेको थियो।

जाँचका क्रममा मोटरसाइकलमा सवार पर्साको छिपहरमाई गाउँपालिका–२ का ४६ वर्षीय रियाज आलम र जगरनाथपुर गाउँपालिका–६ मधोपुरका ३७ वर्षीय सन्तोषप्रसाद पटेलको साथबाट लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ १५४ ग्राम, अफिमजस्तो देखिने पदार्थ ११ ग्राम ५९ मिलिग्राम तथा लागुऔषध प्याकिङमा प्रयोग भएको प्लास्टिक बरामद भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः