बारा , कार्तिक २२ –
बाराको कोल्हवी नगरपालिका–२ न्योपाने टोलस्थित तामागढी–कोल्हवी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
शनिबार साँझ करिब ७ः३० बजे तामागढीबाट कोल्हवीतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०३३ प ४८६४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।
दुर्घटनामा कोल्हवी नगरपालिका–२ निवासी २८ वर्षीय अमित मोक्तानको टाउकोमा गम्भीर चोट लागेको थियो। उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पुर्याइएका उनलाई चिकित्सकले राति करिब ९ बजे मृत घोषणा गरेका थिए।
त्यस्तै, मोटरसाइकलमा सवार सोही स्थानका २४ वर्षीय मनिष तामाङ र २५ वर्षीय मनोज लामाको टाउकोमा चोट लागेको छ। उनीहरू दुवैको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।







