रक्सौलको दक्षिण हनुमान मन्दिरमा चोरी

1200x150_1200x150-01.jpg (1)

रक्सौल , असोज ७ –

भारत–नेपाल सीमावर्ती रक्सौलस्थित दक्षिण हनुमान मन्दिरमा चोरी भएको छ। आइतबार राति चोरहरूले मन्दिरको ताला तोडेर हनुमानको मुकुट, चरण पादुका र दानपेटिका चोरी गरेका हुन्।

सोमबार बिहान मन्दिर खोल्न पुगेका पुजारी अजय कुमारले सामान छरपस्ट अवस्थामा देखेपछि चोरीबारे प्रहरीलाई जानकारी गराएका थिए।

सूचनापछि हरैया थाना प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालेको छ। प्रहरीले मन्दिर तथा आसपासका सीसीटीभी फुटेज जाँच गरी चोरीमा संलग्नको पहिचान गर्ने प्रयास गरिरहेको जनाएको छ।

रक्सौल क्षेत्रमा यसअघि पनि विभिन्न मन्दिरमा चोरीका घटना भएका छन्। लगातार चोरीका घटना हुन थालेपछि स्थानीयले मन्दिर आसपासको सुरक्षा व्यवस्था र रात्री गस्ती बढाउन माग गरेका छन्।

भर्खरै

सम्बन्धित पोस्टहरुः