रौतहटमा कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

1200x150_1200x150-01.jpg (1)

रौतहट , असोज ७ –

रौतहटको परोहा नगरपालिका–८ मोतिपुरस्थित पटेल चौकबाट प्रहरीले कटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको बिहार, मोतिहारी जिल्ला सन्तपुरका ३५ वर्षीय गोविन्दा दास रहेका छन्। प्रहरी चौकी मोतिपुर र सशस्त्र प्रहरी बल, बीओपी सरमुजवाको संयुक्त टोलीले विशेष सूचनाका आधारमा चेकजाँच गर्दा दासको साथबाट एक थान कटुवा पेस्तोल बरामद गरेको हो।

पक्राउ परेका दासलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरीको नियन्त्रणमा राखिएको जनाइएको छ।

सम्बन्धित पोस्टहरुः