नेपाल–भारत सुरक्षा बैठक रक्सौल आइसिपीमा सम्पन्न

1200x150_1200x150-01.jpg (1)
वीरगंज । नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समितिको बैठक मंगलवार सम्पन्न भएको छ ।
नेपाल–भारतका सुरक्षा अधिकारीहरुबीच सीमावर्ती क्षेत्रको समस्या, अपराध नियन्त्रणको लागि नियमित बैठक अन्तर्गत सो बैठक बसेको थियो ।
रक्सौल आइसिपीमा आज भएको बैठकमा पर्सा, बारा, चितवन, नवलपरासी सुस्ता पूर्व र नवलपरासी सुस्ता पश्चिमका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरू एवं भारत, विहारको पूर्वी चम्पारण र पश्चिम चम्पारणका जिल्लाधिकारीहरू (डिएम) एवं सुरक्षा निकायका पदाधिकारीहरूको  सहभागिता थियो।
बैठकमा दुवै देशका सुरक्षा अधिकारीबीच सीमा क्षेत्रमा हुने गरेका अपराधजन्य क्रियाकलाप नियन्त्रण गर्न छलफल भयो । नेपालबाट गांजा र चरेस नियन्त्रण र भारत बिहारको पूर्वी चम्पारण, पश्चिमी चम्पारण जिल्लाबाट भित्रिने खैरो हेरोइन, हतियार, लागूऔषध लगायत दुवै देशबीच हुने चेलीबेटी बेचबिखन नियन्त्रण गर्न तथा दुई देशका सुरक्षा अधिकारीहरुले एक आपसमा सूचनालाई आदान प्रदान गर्नेबारे छलफल भएको थियो ।
नेपाल–भारत सीमासँग सम्बन्धित सीमा सुरक्षा, सीमावर्ती क्षेत्रमा शान्ति तथा सुरक्षा कायम गर्ने, अन्तरदेशीय अपराध नियन्त्रण, अवैध गतिविधि नियन्त्रण, मानव तथा लागू औषध तस्करी नियन्त्रण, सूचना आदान–प्रदान तथा दुई देशका सीमावर्ती सुरक्षा निकायबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।
बैठकमा पर्साका प्रजिअ भोला दाहाल, प्रहरी उपरीक्षक पवन भट्टराई, सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षत्री लगायत अनुसन्धान अधिकृत र जिल्ला वन कार्यालयका प्रमुख तथा भारतका सुरक्षा अधिकारीहरुलगायतको सहभागिता थियो ।
सम्बन्धित पोस्टहरुः