अपहरण तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी अन्सारी पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज, ७ असोज । जिल्ला प्रहरी कार्यालय, बाराले १८ वर्ष कैद सजाय भएका फरार प्रतिवादी पक्राउ गरेको जनाएको छ ।

रौतहट जिल्लाको कटहरिया न.पा. वडा नं. ०७ बगही टोल बस्ने वर्ष २३ को अफरोज अंसारीलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।

उच्च अदालत जनकपुर अस्थायी ईजलास वीरगंजले मिति २०८२।०९।२४ गते अन्सारीमाथि अपरहण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद रू.६ लाख जरिवाना तथा अपराध पीडित राहत कोषमा २४ हजार रुपिया) भराउने फैसला गरेको थिए । फैसलापछि फरार रहेका अन्सारीलाई बारा प्रहरीले कलैया उपमहानगरपालिका वडा नं.६ स्थित कलैया बजारबाट पक्राउ गरी बारा जिल्ला अदालत कलैयामा पेश गरेको थियो ।

बारा जिल्ला अदालतको च.न. ४८५० मिति २०८३।०६।०७ गतेको पत्र आदेश अनुसार अन्सारीलाई वीरगंज कारागारपठाइएको जिप्रका, बाराका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले जानकारी गराएका छन् ।

सम्बन्धित पोस्टहरुः