पर्सा , असोज ११ –
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले आइतबार बिहान महाराजगञ्जस्थित निवासबाट उनलाई पक्राउ गरेको हो ।
जबरालाई पक्राउ गर्नुको आधिकारिक कारणबारे प्रहरीले हालसम्म विस्तृत जानकारी सार्वजनिक गरेको छैन । प्रारम्भिक विवरणअनुसार सम्भावित सुरक्षा जोखिमका कारण उनलाई नियन्त्रणमा लिइएको बताइएको छ ।
जबराविरुद्ध २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए । उक्त प्रस्ताव लामो समयसम्म संसद्मा विचाराधीन रहेको थियो ।
पछि प्रतिनिधिसभाको कार्यकाल समाप्त भएपछि संसद् सचिवालयका तत्कालीन महासचिवले महाभियोग निष्क्रिय भएको आशयसहित पत्र पठाएका थिए । त्यसविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत परेको थियो ।
जबराको पक्राउबारे थप विवरण र प्रहरीको औपचारिक धारणा आउन बाँकी छ ।






