वीरगंज कारागारबाट फरार भएका कैदी पाँच घण्टापछी पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज , २६ कात्तिक –

वीरगंज कारागार कार्यालय पर्साबाट फरार भएका एक कैदीलाई प्रहरीले पाँच घण्टाभित्रै पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका पोखरिया नगरपालिका वडा नम्बर ४ सतवरियाका ३० वर्षीय सुनिल साह तुरहा कारागारको प्यारोल शाखाको पर्खालको छेउबाट भागेका थिए।

बुधबार बिहान करिब ८ः२० बजे फरार भएका तुरहालाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले नेपाल–भारत सीमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

प्रहरीले भारतको बिहार राज्यअन्तर्गत मोतिहारी जिल्लाको आदापुर थाना क्षेत्रमा पर्ने नेपाल–भारत सीमा क्षेत्रबाट उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

पक्राउ परेका तुरहा जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका थिए।

भर्खरै

सम्बन्धित पोस्टहरुः