पर्सा, असोज ११ –
नारायणी, तिनाउ, मर्स्याङ्दी तथा आसपासका साना नदीमा बाढीको उच्च जोखिम रहेको छ । देवघाटस्थित नारायणी नदीको जलसतह खतरा तह ९.३ मिटर पार गरी निरन्तर बढिरहेको छ ।
पूर्वानुमानअनुसार नारायणीको जलसतह आज बिहान करिब ११ बजे १३ मिटर आसपास पुग्न सक्ने सम्भावना रहेको छ । यो स्तर ऐतिहासिक अधिकतम ११.६ मिटरभन्दा पनि माथि हो ।
रुपन्देही, कपिलवस्तु, चितवन, नवलपरासी, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा र गुल्मीका साना नदीमा समेत आकस्मिक बाढीको जोखिम रहेको छ ।
सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन, नदी किनारबाट टाढा रहन तथा सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।







