लालबकैया नदीमा बेपत्ता युवकको २७ घण्टापछि शव फेला

1200x150_1200x150-01.jpg (1)

रौतहट, असोज ११ –

लालबकैया नदीमा हाम फालेर बेपत्ता भएका बाराका २७ वर्षीय युवक सचिन्द्र यादवको २७ घण्टापछि शव फेला परेको छ ।

सिम्रौनगढ नगरपालिका–११ कटहरियाका यादवको शव शनिबार अपराह्न करिब ४ बजे घटनास्थलबाट १०–१२ किलोमिटर टाढा फतुवा क्षेत्रस्थित नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो मौलापुर नगरपालिका–४ स्थित लालबकैया पुलमा पुगेपछि मोटरसाइकलबाट ओर्लिएर यादव नदीमा हाम फालेका थिए । उनी दाइ सिकिन्द्र यादवसँग उपचारका लागि कचोर्वाबाट गरुडा जाँदै थिए ।

घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले खोजी थालेको थियो । नदीको तीव्र बहाव र गहिराइका कारण खोजीमा कठिनाइ भए पनि निरन्तर खोजीका क्रममा शव फेला परेको हो ।

प्रहरीका अनुसार मानसिक रूपमा अस्वस्थ रहेको बताइएका यादवको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाउने तयारी भइरहेको छ ।

सम्बन्धित पोस्टहरुः