वीरगंज, ११ असोज । २०८३ असोज ५ गते बिहान जिल्ला पर्सा धोबिनी गाउँपालिका वडा नं.५ धोबिनी बस्ने श्रीनिवास साह तुराहाको दुई तल्ले पक्की घरको दोस्रो तल्लाको बीचको कोठामा तुराहाकी पत्नी वर्ष ६२ की लखरजिया देवीलाई कर्तव्य गरी मारेको कसूरमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
प्रहरीले सो घटनाको अनुसन्धान गर्ने क्रममा असोज ५ गते राति ११ः३० बजे जिल्ला धोबिनी गापा–५ धोबिनी बस्ने वर्ष १८ को चन्दन कुमार पटेल, वर्ष १८ को रामु पासवान र वर्ष १८ को घलथरिया भन्ने राज कपुर बैठाले निज घलथरिया भन्ने राज कपुर बैठाको घरमा गाँजा सेवन गरी मृतकको घरमा चोरी गर्ने योजना बनाएको प्रहरीले जनाएको छ ।
तीनै जना मृतक लखरजिया देवीको पक्की घरको पछाडिको पर्खालबाट सोही दिन बिहान २ः३० बजे घरमाथि चढी माथिल्लो तलाको झ्यालबाट घरभित्र प्रवेश गरी घरमा रहेको स्टिलको दराजलाई तोडी दराजभित्र राखिएको पैसा र गरगहनाहरू चोरी गरी अन्य कोठामा रहेको टिनको बक्साको ताल्चा फुटाइरहेको अवस्थामा तल्लो तलामा सुतिरहेकी लखरजिया देवीले माथिल्लो तलामा तोडफोडको आवाज सुनी माथिल्लो तलामा पुगिन् । वृद्धाले चन्दन कुमार पटेल, घलथरिया भन्ने राज कपुर बैठा र रामु पासवानलाई देखेपछि निज तीनै जनाले वृद्धाको कर्तव्य गरी हत्या गरी घरमा रहेको गरगहना र नगद पैसा समेत चोरी डाँका गरी भागी फरार भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको भन्दै प्रहरीले चन्दन कुमार पटेल, रामु पासवान र राज कपुर बैठा समेतलाई नियन्त्रणमा लिई सम्मानित पर्सा जिल्ला अदालत पर्साबाट कर्तव्य ज्यान कसूर मुद्दामा सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।
प्रहरीले घटनामा संलग्न तीनै जनाले मृतकको घरबाट चोरी डाँका गरि ल्याएको पैसा र गरगहना बाँडीचुँडी लिएकोमा चन्दन कुमार पटेलको घरबाट सुन जस्तो देखिने चुरा दुई थान, न्दन कुमार पटेलले बाँडीचुँडी लिएको रकमबाट घर नजिकैको पसलमा रु तीन हजार बाँकी तिरेको रकम, घलथरिया भन्ने राज कपुर बैठाले खर्च गरि मासी बाँकी रहेको निजको साथबाट बरामद भएको रकम रू. ७५०।–, घरको छज्जामा रहेको फुट प्रिन्ट, गाडीको स्प्रिङ पत्ता एउटा, पिलास – १ वटा, चक्कु – १ वटा बरामद भएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्ष्Fक चक्र मल्ले जानकारी गराएका छन् ।






