पर्सा–२ को कांग्रेस क्षेत्रीय सभापतिमा नितेन्द्र चयन

1200x150_1200x150-01.jpg (1)

वीरगन्ज,१३ असोजः पर्साको प्रतिनिधि सभा क्षेत्र नम्बर २ को नेपाली कांग्रेसको क्षेत्रीय सभापतिमा नितेन्द्र ाह सर्वसम्मचत चयन भएका छन् ।मंगलबार वीरगन्ज महानरपालिका वडा नम्बर १९ बिन्दवासिनीमा सम्पन्न कांग्रेसको क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय सभापतिमा साह सर्वसम्मत चयन भएका हुन् । साह, बहुदरमाई नगरपालिकाका पूर्व मेयरसमेत हुन् ।

क्षेत्रीय उपसभापतिमा रन्जित पटेल र सरजुग महतो, सचिवमा रोशन सिंह तथा सहससचिवमा दिनेश यादव र भूमा अधिकारीपनि सर्वसम्मत चयन भएका छन् ।

कांग्रेसको क्षेत्रीय अधिवेशनबाट १५ औं महाधिवेशनका लागि पर्सा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा पूर्व कानुनमन्त्री अजय चौरसिया, मधेस प्रदेश सरकारका कृषिमन्त्री श्याम पटेल, रामरुप कुर्मी, महमद शाहबुदिन, राकेश सिंह,लोकनारायण यादव, ओमप्रकाश शर्मा,नरेन्द्र साह, दिना गुप्ता, ओमकृष्ण लामिछाने,भोला कलवार,राकेश यादव, सन्जय केडिया,रुपा श्रेष्ठ, गीता श्रेष्ठ,सुष्मा तिवारी, रन्जित पटेल, सरजुग महतो लगायत ३४ जनापनि सर्वसम्मत चयन भएका छन् ।

सम्बन्धित पोस्टहरुः