मधेशमा नयाँ सरकार गठनका विकल्पबारे दलहरूबीच छलफल भइरहेको छ : प्रचण्ड

1200x150_1200x150-01.jpg (1)

महोत्तरी , कार्तिक १७ —

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेशमा नयाँ सरकार गठन र त्यसको स्थायित्वका विषयमा राजनीतिक दलहरूबीच सघन छलफल भइरहेको बताएका छन् ।

पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा सहभागी हुन बर्दिबास पुगेका प्रचण्डले सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै सरकार गठनका विभिन्न विकल्पबारे संवाद भइरहेको जानकारी दिएका हुन् ।

उनले लोकतान्त्रिक गणतन्त्रका पक्षधर दलहरूबीच सहकार्य र समन्वय गरेर मधेश सरकारलाई स्थायित्व दिने विषयमा छलफल भइरहेको बताए । यसबारे चाँडै निष्कर्षमा पुग्ने उनको विश्वास छ ।

प्रचण्डले राष्ट्रिय जागरण अभियानको मुख्य उद्देश्य पार्टीको आन्तरिक सङ्गठनलाई व्यवस्थित र सुदृढ बनाउनु रहेको बताए । अभियानमार्फत लोकतान्त्रिक गणतन्त्रका पक्षधर दलहरूबीच आपसी सम्बन्ध, सहकार्य र समन्वयलाई थप मजबुत बनाउने लक्ष्यसमेत रहेको उनले उल्लेख गरे ।

भर्खरै

सम्बन्धित पोस्टहरुः