नेपाल र रिजालविरुद्ध भ्रष्टाचार मुद्दा, ७६ करोड बिगो दाबी

1200x150_1200x150-01.jpg (1)

पर्सा , कार्तिक १७  –

पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता तथा तत्कालीन मन्त्री मिनेन्द्र रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको प्रारम्भिक सूचना प्राप्त भएको छ ।

इटहरीस्थित रिजाल टासी इन्डस्ट्रिजको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गरी बिक्री गर्ने प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूसहित ९४ जनालाई प्रतिवादी बनाएको बताइएको छ । उक्त मुद्दामा ७६ करोड रुपैयाँ बिगो दाबी गरिएको प्रारम्भिक विवरण छ ।

हदबन्दीभन्दा बढी रहेको जग्गा सट्टापट्टा तथा बिक्रीका लागि तत्कालीन माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले निर्णयमार्फत सहमति दिएको विषयलाई भ्रष्टाचार कसुरसँग जोडेर मुद्दा दायर गरिएको जनाइएको छ ।

विशेष अदालत स्रोतका अनुसार आयोगबाट प्राप्त आरोपपत्र अध्ययन गरी मुद्दा दर्ताको प्रक्रिया अघि बढाइएको छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः