ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्काको विवरण हेरफेर गर्ने तीन जना पक्राउ

1200x150_1200x150-01.jpg (1)

काठमाडौं, कार्तिक १७ –

सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोका अनुसार ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै आर्थिक प्रस्तावका कागजात परिवर्तन गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

ब्युरोले गरेको प्राविधिक अनुसन्धान तथा विश्लेषणका क्रममा तीन जनाको संलग्नता खुलेपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको थियो । त्यसपछि ब्युरोबाट खटिएको प्रहरी टोलीले कात्तिक १५ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनालाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ ।

ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दीपकराज अवस्थीद्वारा कात्तिक १६ गते जारी प्रेस विज्ञप्तिमा उक्त जानकारी दिइएको हो ।

भर्खरै

सम्बन्धित पोस्टहरुः