मधेश प्रदेश मिडिया काउन्सिलका नवनियुक्त सदस्य पिठाकोटे वीरगंजमा सम्मानित

1200x150_1200x150-01.jpg (1)

वीरगंज, कार्तिक १८ –

मधेश प्रदेश मिडिया काउन्सिलका नवनियुक्त सदस्य निरज पिठाकोटेलाई वीरगंजमा एक कार्यक्रमका बिच सम्मान गरिएको छ।

​इकोनोमिक रिपोर्टर्स एसोसिएसन (एरा) ले वीरगंजको गहवामाई परिसरमा आयोजना गरेको कार्यक्रममा पिठाकोटेलाई गमछा, फूलमाला तथा अबिरको टिका लगाएर बधाई तथा सम्मान व्यक्त गरेको हो।
​

कार्यक्रममा एसोसिएसनका अध्यक्ष शंकर आचार्यले नवनियुक्त सदस्य पिठाकोटेलाई सम्मान गर्दै उनको कार्यकालको उत्रोत्तर प्रगति र सफलताको कामना गरे ।

विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका पिठाकोटे हाल ‘कारोबार दैनिक’का मधेश प्रदेश संयोजक तथा प्रेस सेन्टर नेपालका मधेश प्रदेश अध्यक्ष समेत हुन्।

यसअघि उले वीरगंजको नारायणी एफएममा लामो समय रेडियो पत्रकारितामा योगदान पुर्‍याउनुका साथै हाल अनलाइन पत्रिका ट्रिब्यूनन्युज डट कममा आबद्ध छन्  ।

​उक्त सम्मान कार्यक्रममा एराका सदस्य एवं पत्रकार राधेश्याम पटेल, नेपाली इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाईं, चेक नेपालका अध्यक्ष दामोदर यादव, सञ्चारकर्मी श्रीनारायण महतो लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

भर्खरै

सम्बन्धित पोस्टहरुः