औराहा स्वास्थ्य केन्द्रमा २० लाखको प्रतीक्षालय निर्माण, सूर्य नेपालद्वारा दमकल हस्तान्तरण

1200x150_1200x150-01.jpg (1)

बारा, कात्तिक २० –

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४, औराहास्थित आधारभूत स्वास्थ्य केन्द्रमा सूर्य नेपाल प्रालिको सहयोगमा करिब २० लाख रुपैयाँको लागतमा प्रतीक्षालय निर्माण गरिएको छ।

निर्माण सम्पन्न प्रतीक्षालय बुधबार एक कार्यक्रमबीच वडा समितिलाई हस्तान्तरण गरिएको हो। स्वास्थ्य केन्द्रमा आउने सेवाग्राही तथा बिरामीका आफन्तलाई घामपानीबाट जोगाउँदै सहज रूपमा बस्न मिल्ने गरी निर्माण गरिएको प्रतीक्षालयमा कुर्सीसमेत राखिएको छ।

हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष भोजबहादुर खत्री श्रेष्ठ, कार्यपालिका सदस्य अर्जुन रसाइली, जनप्रतिनिधि तथा सूर्य नेपालका प्रतिनिधि सहभागी थिए। सो अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको भन्दै वडा कार्यालयले कम्पनीलाई सम्मानसमेत गरेको थियो।

यसैबीच, सूर्य नेपालले जीतपुरसिमरा उपमहानगरपालिकालाई करिब ५६ लाख रुपैयाँ मूल्यको दमकलसमेत हस्तान्तरण गरेको छ। कम्पनीको सहयोगले स्वास्थ्य पूर्वाधार र नगरको विपद् व्यवस्थापनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः