आईजीपीबाट पदमुक्त कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

1200x150_1200x150-01.jpg (1)

काठमाडौं, कात्तिक २० –

प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै आज सर्वोच्च अदालत जाने तयारीमा छन्।

कार्कीले बुधबार कानुन व्यवसायीसँग रिट दर्ताबारे परामर्श गरेका थिए। उनीनिकट एक कानुन व्यवसायीका अनुसार बुधबार समय अभावका कारण रिट दर्ता हुन नसकेपछि बिहीबार सर्वोच्च जाने तयारी गरिएको हो।

मन्त्रिपरिषद्ले कार्कीलाई आईजीपीबाट पदमुक्त गर्दै एआईजी डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेपछि कार्कीले उक्त निर्णयविरुद्ध कानुनी चुनौती दिने तयारी गरेका हुन्।

भर्खरै

सम्बन्धित पोस्टहरुः