आज गोवर्द्धन पूजा तथा गोरु तिहार मनाइँदै

1200x150_1200x150-01.jpg (1)

पर्सा , कार्तिक २४ –

कात्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज देशभर गोवर्द्धन पूजा, गोरु तिहार तथा हली तिहार मनाइँदैछ।

यस अवसरमा आँगनमा लिपपोत गरी गाईको गोबरबाट गोवर्द्धन पर्वत बनाई पूजा गर्ने परम्परा छ। वर्षभर खेतबारी जोतेर कृषि कार्यमा सहयोग गर्ने गोरुलाई समेत पूजा गरी मीठा परिकार खान दिने चलन रहेको छ। यसैगरी हली तथा कृषि कर्ममा संलग्न किसानलाई पनि सम्मानपूर्वक पूजा गर्ने गरिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईका अनुसार कात्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएका दिन गोवर्द्धन पूजा गर्नुपर्ने धार्मिक विधि रहेको छ।

तिहारको चौथो दिन हिजो गाईको पूजा गरिएको थियो भने यसअघि लक्ष्मीपूजा तथा कुकुर तिहार र काग तिहार मनाइएको थियो।

यमपञ्चकको अन्तिम दिन भोलि यमद्वितीया अर्थात् भाइटीका मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाका लागि भोलि बिहान ११ बजेर ७ मिनेटको साइत उत्तम रहेको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः