एनपीएलमा आज पोखरा–विराटनगर र कर्णाली–लुम्बिनी भिड्दै

1200x150_1200x150-01.jpg (1)

वीरगंज , कार्तिक २६ –

काठमाडौंमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन्।

त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच पहिलो खेल हुनेछ। यस्तै, दोस्रो खेलमा साँझ ५ बजे कर्णाली याक्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्।

अंक तालिकामा काठमाडौं गोर्खाज ८ अंकसहित शीर्षस्थानमा छ भने समान अंक भएको सुदूरपश्चिम रोयल्स दोस्रो स्थानमा छ। लुम्बिनी लायन्स ७ अंकसहित तेस्रो स्थानमा रहेको छ।

त्यस्तै, चितवन राइनोज ५ अंकसहित चौथो, जनकपुर बोल्ट्स र विराटनगर किंग्स समान ४ अंकसहित पाँचौँ र छैटौँ स्थानमा छन्। कर्णाली याक्स सातौँ तथा पोखरा एभेन्जर्स तालिकाको अन्तिम स्थानमा छन्।

भाइटीकाका कारण हिजो एनपीएलका खेल स्थगित गरिएको थियो।

भर्खरै

सम्बन्धित पोस्टहरुः