वीरगंज कारागारबाट जबरजस्ती करणी मुद्दाका कैदी फरार

1200x150_1200x150-01.jpg (1)

पर्सा , कार्तिक २६ –

वीरगंज कारागारबाट जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका एक कैदी फरार भएका छन्। फरार हुनेमा पर्साको पोखरिया नगरपालिका निवासी सुनिल साह तुराहा रहेका छन्।

बिहीबार बिहान कारागारमा सरसफाइ गर्ने क्रममा फोहोर फाल्न जाने बहानामा तुराहा कारागारको पर्खाल नाघेर फरार भएको पर्सा प्रहरीका डीएसपी चक्रबहादुर मल्लले जानकारी दिएका छन्।

करिब ११ वर्षदेखि कारागारमा कैद भुक्तान गरिरहेका तुराहा फरार भएपछि प्रहरीले उनको खोजी तीव्र पारेको छ। डीएसपी मल्लका अनुसार फरार कैदीको खोजीका लागि जिल्लाका सबै नाका तथा शंकास्पद स्थानमा प्रहरी परिचालन गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः