बारा , कार्तिक २६ –
बाराको कलैया उपमहानगरपालिका–२०, बसतपुरस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले ९ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ।
आज बिहिवार सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मटिअर्वाबाट खटिएको गस्ती मोबाइल टोलीले भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको रेडिमेड कपडा तथा मोटरसाइकलका पार्टपुर्जा बरामद गरेको हो।
बरामद गरिएका सामानको कुल मूल्य ९ लाख १ हजार ५५० रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको जनाइएको छ।







